Media Network

चाडपर्व पश्चात् पनि बिओकेको २५ प्रतिशतसम्मको नगद फिर्ता योजना


खबरस्टोरी संवाददाता

१५ कार्तिक २०७९,मंगलवार

काठमाडौं।बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरु दशैं, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहकहरुलाई आवश्यक सरसामान खरिद गर्दा सुबिधा होस् भन्ने हेतूले २५ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको सबै महानुभावहरुमा विदितै छ । यसै अनुरुप चाडपर्वहरुमा मात्र होईन चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । 

यो योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहकहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैंयाँसम्मको नगद फिर्ता पाउन सक्ने छन् । यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले ग्राहकहरुलाई आजै नगद फिर्ता योजनाको फाइदा लिन बैंकले आग्रह गरेकोछ । ग्राहकहरुलाई विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ ।

विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकहरुलाई लाभान्वित बनाउन बैंक प्रतिवद्ध जनाएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद