Media Network

चांगन अटोको “नयाँ साल, साह्रै बब्बाल अफर” सार्वजनिक


खबरस्टोरी संवाददाता

३० चैत्र २०७९,बिहीबार

काठमाडौं।चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी “नयाँ साल, साह्रै बब्बाल अफर” सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान र यसै चांगनको प्रिमियम पिक–अप हन्टर  लिन ईक्छुक ग्राहक वर्गहरुलाई आकर्षक अफरहरु सार्वजनिक गरेको छ । 

यो अफर २०८० बैसाख १ देखि २०८० बैसाख ३१ सम्मको लागि लागु हुनेछ । यस अफर अन्तर्गत, ग्राहकवर्गहरुले चांगनको कुनै पनि सवारी साधन को खरिदमा सिंगापुर र मलेसियाको ५ रात ÷ ६ दिन को लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन  आईफोन, घडी र एयर पड्स जित्न सक्ने छन् । यसका साथै चांगन को कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैंयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैंयाँसम्मको अधिक छुट पाउन सक्नु हुनेछ । साथ–साथै आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न ईच्छुक ग्राहकवर्गहरुले भने थप दुई लाख रुपैंयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी बिजेतालाई एक रात अथवा दुई दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ । 

चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसंगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउंदै आइरहेको छ । चांगन अटो कम्पनीले चाङ्गन गाडीको ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नेछन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद