Media Network

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत ,जीडीपी ५३ खर्ब ८१ अर्ब


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । देशको अर्थतन्त्रको आकार भनेर चिनिने जीडीपी यसअघि ४८ खर्ब हाराहारी थियो ।

मंगलबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै कार्यालयले नेपालको आर्थिक वृद्धिदर यो वर्ष २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।

कार्यालयले चालू आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद