Media Network

एक महिनामा ६२ करोड १६ लाख रुपैयाँभन्दा बढीको बिजुली सवारी सााधन भित्रिए


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौं।चालू आर्थिक वर्षको पहिलो महिनामा ६२ करोड १६ लाख रुपैयाँभन्दा बढीको बिजुली सवारी सााधन भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउनमा २११ थान बिजुली कार, जीप र भ्यान भित्रिएका हुन्। 

गत आर्थिक वर्षको पहिलो महिनासँग तुलना गर्ने हो भने बिजुली गाडी आयात दोब्बरले बढेको देखिन्छ। गत आर्थिक वर्ष २०७८÷०७९ मा ३३ करोड ३९ लाख रुपैयाँ बराबरको १०५ थान कार, जीप र भ्यान भित्रिएका थिए। 

नेपालमा चीन, भारत, जापान, फ्रान्स अमेरिकालगायत मुलुकबाट बिजुली कार लगायत सवारी आयात हुने गरेको छ। चीनबाट सबैभन्दा धेरै बिजुली गाडी आयात हुने गरेको छ।

विद्युतीय सवारी आयातमा भने कर सहुलियत दिँदै आएको छ। योसँगै बिजुली गाडीप्रति केही आकर्षण बढेको देखिन्छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले एक किलोवाट क्षमताभन्दा बढीका बिजुली कारमा भन्सार बढाएको छ। अन्तःशुल्क पुनः लगाइएको छ। 

मोटर पिकपावर एक किलोवाटदेखि दुई सय किलोवाटसम्मका कारको भन्सार शतप्रशित बढाएर ३० प्रतिशत पु¥याइएको छ। यस्ता गाडीमा अन्तःशुल्क पनि ३० प्रतिशत लगाइएको छ। दुई सयदेखि तीन सय मोटर पिकपावर सम्मका बिजुली गाडीमा भन्सार महसुल ४५ प्रतिशत तोकिएको छ। अन्तःशुल्क पनि ४५ प्रतिशत छ। 

त्यस्तै, सरकारले तीन सय किलोवाट क्षमताभन्दा माथि मोटर पिकपावरका कारको हकमा भन्सार ६० प्रतिशत पु¥याएको छ। अन्तःशुल्क पनि ६० प्रतिशत नै पु¥याइएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद