Media Network

चालु अर्थिक वर्षको आज अन्तिम दिन , सरकारको आम्दानी ६८ प्रतिशत मात्रै


खबरस्टोरी संवाददाता

३१ असार २०८०,आईतवार

काठमाडौँ। चालु अर्थिक वर्ष आज असार ३१ गते अन्तिम दिन हो। आज आर्थिक वर्षको अन्तिम दिन भएसँगै सरकारि खाताबाट रकमान्तर हिजोसम्म मात्रै भएको छ। हिजो शनिवार मात्रै ९ अर्ब १८ करोड ७१ लाख रुपैयाँ बराबर पैसा सरकारी खाताबाट रकमान्तर भएको छ। जुन पुजीँगत खर्च अन्तर्गतको मात्रै हो।

चालु आर्थिक वर्षभरमा सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । जुन लक्ष्य बजेट रकम १७ खर्ब ९३ अर्बको ७९.६६ प्रतिशत हो।

जसमध्ये १० खर्ब ६ अर्ब ८० करोड चालु खर्च, २ खर्ब ३२ अर्ब ६८ करोड २९ लाख मात्रै खर्च भएको छ भने वित्त व्यवस्थापन तर्फ १ खर्ब ८९ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारको आम्दानी ६८ प्रतिशत मात्रै

चालु आर्थिक वर्ष सकिन एक दिन मात्रै बाँकी रहँदा आम्दानी मात्रै लक्ष्यको ६८ प्रतिशत भएको छ। अर्थात, राजश्व, अनुदान र अन्य स्रोतबाट हुने सरकारको बजेट आम्दानीको लक्ष्य १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रहेकोमा मात्रै ९ खर्ब ९५ अर्ब ६० करोड ५ अर्ब प्राप्त भएको छ। आज पनि राजश्व संकलन कार्य चलिरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद