Media Network

चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम हुनेछ : प्रधानमन्त्री प्रचण्ड


खबरस्टोरी संवाददाता

१२ पुष २०७९,मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम हुने बताएका छन् । नयाँ सरकार गठन भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने निर्णय गरेको प्रधानमन्त्री दाहालले बताए ।

बैठकपछि उनले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए ।

उनले अबको सरकारले सुशासन कायम गर्नेपनि बताए ।

उनले राहदानी, लाइसेन्समा जनताले खेप्नुपरिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले आज बसेको मन्त्रीपरिषद्को बैठकले चाँडै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको पनि बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद