Media Network

चार जलविद्युत् कम्पनीले दिए हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन


खबरस्टोरी संवाददाता

२५ भाद्र २०८०,सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा चार जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्कासनका लागि निवेदन दिएका छन् । लिबर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत् कम्पनीले भदौ २१ गते निवेदन दिएका छन् भने बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।

लिबर्टी इनर्जी कम्पनीले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएको हो । यो कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले एक करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यो कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर अर्थात् एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

त्यस्तै, बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात् ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने निवेदन दिएको छ । यो कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यी कम्पनीहरूलाई बोर्डले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएपछि बुक क्लोजको मिति तोक्नेछन् । उक्त मितिसम्म सेयर खरिद गर्ने कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद