Media Network

चार महिनामा १२ अर्ब ३७ करोडको बिजुली निर्यात


खबरस्टोरी संवाददाता

५ मंसिर २०८०,मंगलवार

काठमाडौँ।नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ ।चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो ।

प्राधिकरणका अनुसार साउनमा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, असोजमा ४ अर्ब ४ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको हो ।

विद्युत् निर्यातले नेपाल र भारतबिचको व्यापार घाटा कम गरेको र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा विक्री सुरु गरेको थियो ।

प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) लाई विक्री गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद