Media Network

चार महिनामा भित्रियो ४ खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौँ।चालु आर्थिक वर्षको चार महिना अर्थात साउनदेखि कात्तिक महिनासम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई.४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको चौथो महिना कात्तिकमा मात्रै १ खर्ब १२ अर्ब ६२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब १६ अर्ब, भदौमा १ खर्ब १२ अर्ब  र असोजमा १ खर्ब ३७ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार४२८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद