Media Network

डिजेल, पेट्रोल र ग्यासको मूल्य घट्यो


खबरस्टोरी संवाददाता

१ श्रावण २०८०,सोमबार

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र खाने पकाउने ग्यासको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटेको छ ।

पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

यस्तै, निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ । ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । यसैबीच यो पटकबाट पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू पनि भएको छ ।अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद