Media Network

डलरको भाउ उच्च हुदाँ ५ अर्ब नोक्सानी बेहोर्दै सरकार, ५० अर्ब ऋण तिर्यो


खबरस्टोरी संवाददाता

१९ पुष २०७९,मंगलवार

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० अर्ब ऋण तिरेको छ। आन्तरिक तथा बाह्य ऋणको सवाँ तथा ब्याज गरि ५० अर्ब ६० करोड रुपैयाँ भुक्तानी गरेको हो। 

सार्वजनिक ऋण व्यवस्थान कार्यालयको तथ्यांक अनुसार यो वर्षको साउनदेखि असोज मसान्तसम्म सरकारले सबैभन्दा धेरै आन्तरिक ऋणको सावाँ तथा ब्याज गरि ४२ अर्ब ९८ करोड रुपैयाँ भुक्तानी गरेको छ। यो अवधिमा सरकारले २९ अर्ब ८३ करोड सावाँ र १३ अर्ब १५ करोड रुपैयाँ ब्याज तिरेको हो। 

त्यस्तै यो बीचमा सरकारले ७ अर्ब ६४ करोड रुपैयाँ विदेशी ऋणको सावाँ तथा ब्याज भुक्तानी गरेको छ। जसमा ५ अर्ब ८४ करवड सावाँ र १ अर्ब ७९ करोड ब्याज भुक्तानी गरेको छ। 

पहिलो त्रैमासमा सरकारले आन्तरिक ऋण लिएको छैन भने बाह्य ऋण २४ अर्ब लिएको छ। 

५ अर्ब नोक्सानी 

सरकारले विदेशीबाट अमेरिकी डलरमा ऋण लिन्छ र त्यही आधारमा भुक्तानी पनि गर्छ। यो तीन महिनामा अमेरिकी डलर बलियो हुँदा सरकारको ऋण भार थपिएको छ। 

ग्त साउन १ देखि असोज मसान्तसम्मको विनिमय दरमा आएको परिवर्तनका कारण नेपाललाई ५ अर्ब ५२ करोड नोक्सानी  भएको छ। साउन १ गते एक अमेरिकी डलर बराबर १२८.११ नेपाली रुपैयाँ थियो जुन असोज ३१ गते १ अमेरिकी डलरको १३२.०७ नेपाली रुपैयाँ पुगेको थियो। एक अमेरिकी डलरमा ३.९६ नेपाली रुपैयाँ बढ्दा तीन महिनामा सरकारले साढे पाँच अर्ब नोक्सानी बेहोरेको छ। यस्तो नोक्सानी ऋण भुक्तानीका रुपमा वा मौजुदा ऋणको ब्याजदर निर्धारणमा पर्छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद