Media Network

एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयरमा छुट


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौ । एभरेष्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिस प्रालि नयाँ बानेश्वरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

यो सँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्।सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यहरूले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत सर्जरी प्रोक्युडर्स, माइनर इन्भेस्टिगेसन कर्मचारीलाई मात्र, अप्टिकल्समा  १० प्रतिशत सम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

साथै पहिलो पटक रजिष्ट्रेसन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फ्लोअप समेत निशुल्क हुनेछ।बैंकले देशैभरि छरिएर रहेका आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद