Media Network

एफएमओले एनएमबि बैंकलाई दियो २ करोड डलर ऋण


खबरस्टोरी संवाददाता

२ कार्तिक २०८०,बिहीबार

काठमाडौं । एनएमबी बैंकले दुई करोड अमेरिकी डलर ऋण प्राप्त गरेको छ।बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक एफएमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो।

बैंक र एफमओबीचको यस साझेदारीमा एफएमओबाट बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको बैंकले जनाएको छ। यस्तै बाँकी रकम साना तथा मझौला उद्यम विकास र प्रवर्द्धनका लागि प्राप्त भएको हो।बैंकले हाल २०१ शखाहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद