Media Network

एक हजार रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०८०,बिहीबार

काठमाडौँ।सुनको भाउमा लगातार चार दिनसम्म गिरावट आएको छ । बिहीबार सुनको भाउ एक हजार रुपैयाँले घट्दा चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साता सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रति तोलाको एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद