Media Network

एकै दिन ६४ अंकले बढ्यो नेप्से


खबरस्टोरी संवाददाता

२० पुष २०७९,बुधबार

काठमाडौं।नेप्सेमा रौनक छाएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार एकै दिन ६४ दशमलव ८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलव ९४ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव शुन्य नौं अंकले बढेर चार सय आठ दशमलव ७२ अंकमा चढ्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ५८ वटा कम्पनीहरुको ५७ हजार तीन सय १२ पटकको कारोबारमा ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता कारोबार भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैंयाँ कायम हुन पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा बाँणिज्य बैंक, , निर्जिवन बीमा, जीवन बीमा, बिकास बैंक, फाईनान्स, जलबिद्युत सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले बढेर नेप्से पुरै हरियो भएको छ । 

आज कारोबार भएका कम्पनीहरु मध्ये साल्ट टे«डिङ कर्पोरेशन प्राली, हिमालयन डिष्ट्रिलरी प्राली आदिले कमाएका छन् भने सिद्धार्थ बैंकको ऋणपत्र, अजोड इन्स्योरेन्स कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, नेपाल पुर्नबीमा कम्पनी आदिको भने आज बढी रकम कारोबार भएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद