Media Network

एमबान स्र्पोट्स मिट २०२२ आयोजना हुने


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

काठमाडौं।नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा स्वच्छ जीवनशैलीको लागि संगसगै भन्ने नारासहित पहिलो पटक “एमबान स्र्पोट्स मिट २०२२” आयोजना हुने भएको छ । संघका अनुसार यस अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरिने छ । उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुन गईरहेका छन् ।

उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्र्पधा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् ।

सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु यहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापन सहित मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुनेछन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद