Media Network

एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा लम्साल नियुक्त


खबरस्टोरी संवाददाता

३ कार्तिक २०७९,बिहीबार

काठमाडौं।राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको यही कात्र्तिक दुई गते बसेको ५७१ औं बैंठकले बुधबारदेखि नैं लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो ।

नवनियुक्त सञ्चालकलम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका पिथए । 

बैंकको शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा लम्साललाई वहाँको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारले हार्दिक बधाई ज्ञापन गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद