Media Network

एन आई सी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त


खबरस्टोरी संवाददाता

९ फाल्गुन २०७९,मंगलवार

काठमाडौं।एन आई सी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त  भएका छन् । कम्पनीको सोमबार सम्पन्न भएको सञ्चालक समितिको एक सय २० औं बैठकको निर्णय बमोजिम सोही दिन देखि लागु हुने गरी एन आई सी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा राठीलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । 

एन आई सी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । नवनियुक्त संचालक समितिका अध्यक्ष राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास कम्पनीले लिएको छ । 

क्यापिटलले आ।व। २०७९/०८० को दोश्रो त्रैमाससम्मा पाँच करोड ६१ लाख रुपैंयाँ भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ५६ रुपैंयाँ १० पैसा कायम गर्न सफल भएको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आ।व। २०७९/को दोश्रो त्रैमास अन्त्यसम्म एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँच वटा योजनाहरु संचालन गरिरहेको छ । साथै क्यापिटलद्धारा संचालित खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” मा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) र सिस्टमेटिक वीथ ड्र प्लाल (एसडब्लु पी) समेत संचालन गरिरहेको जनाएको छ । 

लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे आ।व। २०७९÷०८० को पौष मसान्तसम्ममा पाँच सय ८६ जना ग्राहकहरुबाट एक अर्ब ५६ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । निक्षेप सदस्य सेवा अन्तर्गत पौष मसान्त, २०७९ सम्म ६ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोली ८४वटा निक्षेप सदस्य कम्पनीहरु मध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ । क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०७९ साल पौष मसान्तसम्ममा १४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरिसकेको र विशिष्टीकृत लागनी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको व्यहोरा जानकारी गराइन्छ 

हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन डिम्याट तथा मेरो शेयर खाता खोल्ने, नविकरण गर्ने, एसआईपी सहित खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत लिन सकिने व्यवस्था मिलाएको छ । साथै आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपलब्ध गराउने रणनीति लिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद