Media Network

एनआईसी एशिया ग्रोथ फण्ड २ मा आजदेखि आवेदन दिन सकिने


खबरस्टोरी संवाददाता

४ मंसिर २०८०,सोमबार

काठमाडौँ।एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो ।

जसमध्ये कुल बिक्री गर्न लागेको इकाईको १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने छ । उक्त फण्ड अवधि ७ वर्षको हुनेछ ।

सो फण्डको इकाईमा मंसिर ४ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेमा भने निष्काशन अवधि मंसिर १८ गतेसम्म लम्बिने छ ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने छ ।  इकाई बिक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्था समेत रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद