Media Network

एनआईसी एशिया क्यापिटल र मेरो जब लिमिटेडबीच सम्झौंता


खबरस्टोरी संवाददाता

९ श्रावण २०७९,सोमबार

काठमाडौं । एनआईसी एशिया क्यापिटल र मेरो जब लिमिटेडबीच द्विपक्षीय सम्झौंता भएको छ । एनआईसी एशिया क्यापिटलले आईडिया टु आईपीओ “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ । 

सोही सेवा अन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित मेरो जब लिमिटेडलाई आईपिओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

नेपालको सन्दर्भमा सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको कम्पनी पहिलो हो । मेरो जब लिमिटेडले मेरो जब डट कम जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ । हाल मेरो जब लिमिटेडको वेभसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरु दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरुले मानव संसाधन व्यवस्थापन सेवाहरु लिदैं आईरहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद