Media Network

एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य


खबरस्टोरी संवाददाता

१२ भाद्र २०७९,आईतवार

काठमाडौं।एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बिआइआई) बीच सम्झौता भएको छ । बैंकले बिआइआईबाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्बन्धी सम्झौता सम्पन्न गरेको हो । 

बैंक बिआइआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको जानकारी पनि बैंकले दिएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मद्धत पुग्ने बिश्वास पनि बैंकले लिएको छ । यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नविकरणीय ऊर्जाक्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्नेछ । 

सम्झौता हस्ताक्षर समारोहमा बैंकका कार्यकारी अधिकृत सुनील के.सी.ले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रमा कार्यरत परियोजनाहरू लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । 

बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद