Media Network

एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने


खबरस्टोरी संवाददाता

१४ बैशाख २०८०,बिहीबार

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् । ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्ेश्यका साथ सो सुबिधा सुचारु गरिएको बैंकले जानकारी दिएको छ । 

आइएमई पे

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वधित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण

सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद