Media Network

एनएमबि बैंकले लाभांश नदिने


खबरस्टोरी संवाददाता

१४ मंसिर २०८०,बिहीबार

काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई यो वर्ष कति पनि लाभांश नदिने भएको छ ।बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष २०७९र८० मा बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७८र७९ मा ३।३ प्रतिशत नगद र १२.५ प्रतिशत सेयर बोनस दिएको थियो ।त्यस्तै २०७७र७८ मा ३.२ प्रतिशत नगद र १३ प्रतिशत बोनस दिएको बैंकले २०७६र७७ मा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर दिएको थियो । सेयर बजारमा बैंकको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ७० पैसा रहेको छ ।

चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद