Media Network

एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढिको कारोबार


खबरस्टोरी संवाददाता

३ माघ २०८०,बुधबार

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले पुस मसान्तसम्म ८४ अर्ब रुपैयाँ भन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ ।
एनसीएचएलका प्रणालीहरु मध्ये एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस र आरपीएस मार्फत् क्रमश ४१ अर्ब, १४ अर्ब र २९ अर्ब बराबरको भुक्तानी कारोबार फछ्र्यौट भएको हो ।
विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएस अन्तर्गत (वेब, एप तथा गेटवे), कर्पोरेट पे बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम बृद्धी भएको देखिन्छ ।
पुस मसान्तको अन्तिम दिनमा आईपीएस र आरपीएस मार्फत् १ अर्ब ६ करोड बराबरको राजस्व संकलन तथा ६ अर्ब ८ करोड बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढि भुक्तानी कारोबारहरु भएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद