Media Network

एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड रुपैयाँ


खबरस्टोरी संवाददाता

९ श्रावण २०७९,सोमबार

काठमाडौँ।  गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकको खुद नाफा ५१‍.९८ प्रतिशतले ले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । 

 बैंकको खुद ब्याज आम्दानी ३१ दशमलब९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३९.१७ प्रतिशतले ले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । 

 असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद