Media Network

एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

४ श्रावण २०७९,बुधबार

काठमाडौँ। नेपाल एसबीआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ । यसमा बुधबार बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ असार २२ गतेदेखि निष्कासन गरेको हो ।  कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका रु ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

सोमध्य १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिएको छ भने बाँकी  १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने कम्पनीले जनाएको छ। सो ऋणपत्रमा अहिलेसम्म कुनै पनि सामूहिक लगानी कोषले आवेदन भने दिएका छैनन् ।

बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन  सक्ने छन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद