Media Network

ग्लोबल आइएमईको छलाङ, १ वर्षमा ५ अर्ब २० करोड कमायो


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौं । ग्लोबल आईएमई बैङ्कले नाफामा छलाङ मारेको छ । मर्जरबाट सिनर्जी इफेक्ट निकालेको ग्लोबल आइएमई बैङ्कले गत आव २०७८÷०७९ मा २५ प्रतिशत नाफा बढाएर छलाङ मारेको हो । बैङ्कले गत आर्थिक वर्षमा ५ अर्ब २० करोड ६४ लाख खुद नाफा कमाएको छ । 

यसअघिको आवमा ४ अर्ब १६ करोड कमाएको ग्लोबल आईएमईले यस वर्ष भने २५ प्रतिशत नाफा बढाउन सफल भएको छ । बजारमा लगानीयोग्य रकमको अभावका बिच पनि बैङ्कले गत आवको भन्दा १ अर्ब ४ करोड नाफा बढाएको हो । बैङ्कले नाफामध्ये ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ सेयर धनीलाई लाभांशको रूपमा वितरण गर्न सक्नेछ । यसरी हेर्दा ग्लोबल आइएमई बैङ्कले यस आवमा गत आवको कमाइबाट सेयर धनीलाई १३ प्रतिशत लाभांश दिन सक्नेछ । 

बैङ्कको खुद ब्याज तथा शुल्क र कमिसन आम्दानी पनि अघिल्लो आवमा १० अर्ब ६७ करोड आम्दानी गरेकोमा यस अर्व बढाएर १२ अर्ब ४१ करोड पु¥याएको छ । बैङ्कले ५० करोड ३७ लाख  पुरानो ऋण रिकभरी गरेको वित्तीय विवरणमा उल्लेख छ । 

त्यस्तै बैङ्कले नाफासँगै ईपिएस पनि बढाएको छ । अघिल्लो आवमा १९ रुपैयाँ रहेको ईपिएस बढाएर २१.८८ पु¥याएको छ । त्यस्तै निष्क्रिय कर्जा अनुपात १.४१ प्रतिशतबाट घटाएर १.२२ प्रतिशतमा झार्न सफल भएको छ । त्यस्तै सिडी रेसियो ८९.२१, आधार दर ९.४०, ब्याजदर अन्तर (स्प्रेड) ४.२६ प्रतिशत रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद