Media Network

गरिमा क्यापिटलले पायो म्युचुअल फन्ड सञ्चालनको अनुमति


खबरस्टोरी संवाददाता

२ पुष २०८०,सोमबार

काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष म्युचुअल फन्ड को योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ ।धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही क्यापिटलले मङ्सिर २२ गते नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको हो ।

बोर्डबाट अनुमति पाएसँगै निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु दर्ता तथा सञ्चालन गर्दै अगाडि बढ्ने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले बताए । हालसम्म क्यापिटलले लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य ९डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी० सेवा प्रवाह गर्दै आएको थियो ।

गरिमा क्यापिटल लिमिटेड, गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो । क्यापिटलका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्‍याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजीकरण हुँदै आएको छ । संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने जनाएको छ । कमलपोखरी, काठमाडौँमा मुख्य कार्यालय रहेको गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद