Media Network

गरिमा विकास बैंकद्वारा ‘गरिमा पाइभ इन वान बचत खाता’ सार्वजानिक


खबरस्टोरी संवाददाता

३ माघ २०८०,बुधबार

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा ‘गरिमा पाइभ इन वान’ बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ‘गरिमा पाइभ इन वान बचत खाता’मा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यस खाता अन्तर्गत ग्राहकहरुले न्यूनतम १ हजारमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग ,एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट ,सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकर सुविधामा ५० प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ।
गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको बैंकले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद