Media Network

गुराँस लाइफ इन्स्योरेन्सको १२ औं बार्षिक साधारण सभा सम्पन्न


खबरस्टोरी संवाददाता

४ कार्तिक २०७९,शुक्रबार

काठमाडौं।गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा सम्पन्न भएको हो विहान ११ बजे देखि १ बजे सम्म शेयर धनिहरुको भौतिक तथा जुम मार्फत सभा सम्पन्न भएको हो । सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित समेत गरेको छ  ।

साथै, सभाले आ.ब २०७७ ÷७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफ सहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति, उनीहरुको पारीश्रमिक निर्धाण, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ  । त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ । 

गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित सात दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३९ प्रतिशत नगद लाभांशको प्रस्ताव  लगायतका विविध प्रस्ताव अनुमोदन गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद