Media Network

१२ गतेबाट आठौं घरजग्गा मेला


खबरस्टोरी संवाददाता

१० पुष २०८०,मंगलवार

काठमाडौं । भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए ।
उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए । उनल अहिलेको देशको आर्थिक अवस्था केही असहज भएपनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताए ।
हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद