Media Network

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कठिनाई भैरहदाँ के हुन्छ पोखरा विमानस्थल ?


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौं । गत पुस १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरामा नवनर्मित अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ २०७३ वैशाख १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए। शिलान्यासको झन्डै ६ वर्षपछि निर्माण सम्पन्न भएर विमानस्थलको प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका हुन्।

चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात नेपाली रूपैयाँ २२ अर्ब ऋण सहयोगले निर्माण भएको उक्त विमानस्थल अन्तर्गत एक्जिम बैंकसँग भएको सम्झौताअनुसार ऋण रकममध्येको ७५ प्रतिशत रकम अर्थात १६ अर्ब ५० करोडको वार्षिक २ प्रतिशत ब्याज नेपाल सरकारले तिर्नुपर्नेछ।

विमानस्थलबाट हुने आम्दानीबाट चीनको एक्जिम बैंकलाई ब्याज तिर्ने लक्ष्य सरकारले लिएको छ।करिब सात महिनाअघि सञ्चालनमा आएकोे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म सञ्चालनमा आउन थुप्रै कठिनाईहरु बेहोरिरहेको विमानस्थलको भविष्यलाई लिएर कतिपयले चिन्ता व्यक्त गर्न थालेका छन्।

हाल सो विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द छन्।अन्तर्राष्ट्रिय उडानहरू बन्द भएपछि विमानस्थल सञ्चालन खर्च उठाउनसमेत धौ धौको अवस्था रहेको अधिकारीहरूको भनाइ छ।

जजिरा एयरवेजले कुवेतका लागि र हिमालय एयरलाइन्सले सिङ्गापुरका लागि उडान गर्दै आएकोमा ती दुवैले डिसेम्बर तेस्रो सातादेखि उडान स्थगित गरेका छन्।जजिरा एयरवेजले विमानस्थल उद्घाटनाको दिन अर्थात जेठ २ गतेदेखि नै सातामा तीनवटा उडान गर्दै आएको थियो।

यस्तै हिमालय एयरलाइन्सले त्यहाँबाट करिब डेढ महिना सिङ्गापुरका लागि उडान गरेको थियो।तर, यतिबेला ती दुवै एयरलाइन्सले आफ्ना उडानहरू बन्द गरेका छन्।एयर जजिराले मौसमको कारण देखाउँदै उडान बन्द गरेको छ ।

त्यस्तै कम भिजिबिलिटीका कारण अहिले बाहिरबाट चार्टर्ड उडानहरू समेत आउन नसकेको अवस्था रहेको छ।पुन अन्तर्राष्ट्रिय उडान सुरू कहिलेबाट हुने हो अवस्था अन्यौलग्रस्थ छ ।

एसियाली विकास बैंकको ऋण र ओपेक फन्ड तथा नेपाल सरकारसहितको लगानीमा करिब साढे ९ अर्ब रूपैयाँमा यो विमानस्थल निर्माण भएको थियो ।तर सञ्चालनमा आएको आठ महिना बितिसक्दा पनि विमानस्थललाई सञ्चालन खर्च उठाउन मुश्किल परिरहेको छ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान सञ्चालनका लागि मासिक औसतमा दुई करोड रूपैयाँ खर्च हुने गरेको अधिकारीहरुको भनाई छ।गौतमबुद्ध विमानस्थलका लागि भारतले सोझै महेन्द्रनगर भएर अनुमति नदिँदा सिमरा हुँदै जानुपर्ने हुन्छ। त्यसो गर्दा काठमाडौं जानुभन्दा भैरहवा पुग्न ८ ÷ १० मिनेट ढिलो हुन्छ।

आठ महिनाअघि निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन खर्च धौ धौ परिरहेको बेला पोखरा विमानस्थलले खर्च जुटाउनसक्ने बारे चिन्ता हुन थालिएको छ।आइतबारबाट सञ्चालनमा आए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्न कम्तीमा दुई महिना समय लाग्ने बताइएको छ। सुरूमा यो विमानस्थलबाट आन्तरिक उडानमात्रै हुनेछ।

अधिकारीहरूका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिरका गन्तव्यसँग जोड्नका लागि बुद्ध एयरलगायत अरू निजी वायुसेवा प्रदायक कम्पनीहरूले पहल गरिरहेका छन्।त्यसबाहेक हिमालयन एयरलाइन्स, फ्लाई दुबई, कतार एयरवेज र नेपाल एयरलाइन्सले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालनका लागि चासो देखाएका छन्।

यद्यपी विमानस्थलले सम्पुर्ण व्यवस्थापन पुर्ण रुपमा नगरीकन सञ्चालनमा ल्याउदाँ केहि समय भने विमानस्थलले आर्थिक व्यय भारका साथै प्राविधिक कठिनाई र अन्य चुनौतीहरुको सामना गर्न भने बाकिँ नै छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद