Media Network

घट्दो अवस्थामा मोबाइल र ल्यापटपको आयात


खबरस्टोरी संवाददाता

१० पुष २०७९,आईतवार

काठमाडौं /चालु आर्थिक वर्षको पाँच महिनामा १२ अर्ब रुपैयाँको मोबाइल फोन आयात भएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको पाँच महिनामा ११ अर्ब २० करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ भने बाँकी फोन सामान्य रहेका छन्। साउनदेखि नै उच्च मूल्यका स्मार्टफोन आयात प्रतिबन्ध भएकाले यो वर्ष फोनको आयात घटेको छ। गत वर्षको पाँच महिनामा २२ अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको थियो। 

नेपालमा आयत हुने मोबाइल फोनमा संख्यामा ६० प्रतिशत सामान्य फोन आउँछन्। ४० प्रतिशत स्मार्टफोन आउँछन्। यो वर्ष ८ लाख स्मार्टफोन आयात भएका छन्। पाँच महिनामा २१ करोड रुपैयाँका १ लाख ४४ हजार ४६६ स्मार्टवाच भित्रिएका छन्। पछिल्लो समय स्मार्टवाचको प्रयोग बढ्दो रहेको छ। मुख्य स्मार्टफोन ब्रान्डले नै स्मार्टवाच ल्याइरहेका छन्। 

यो वर्ष २ अर्ब ६० करोड रुपैयाँको ल्यापटप आयात भएको छ। पाँच महिनामा ३८ हजार ६८ वटा ल्यापटप आयात भएको छ। गत वर्षको तुलनामा ल्यापटप आयात दुई तिहाइ घटेको छ। गत वर्षको पाँच महिनामा ६ अर्ब रुपैयाँको १ लाख ११ हजार थान ल्यापटप आयात भएको थियो। 

ट्यापटप आयात पनि घटेको छ। गत वर्ष ४७ करोड रुपैयाँको ट्याबलेट आयात भएकोमा यो वर्ष जम्मा ५ करोड रुपैयाँको आयात भएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद