Media Network

हिम पर्वत हाईड्रोपावर लिमिटेड र सी.बी.आई.एल क्यापिटलबीच सम्झौंता


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सि.बि.आई.एल क्यापिटल लिमिटेड सम्झौंता भएको छ । बुधबार एक समारोहकाबीच त्रिपुरेश्वर, काठमाडौंमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडकातर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेड का तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार सि.बि.आई.एल क्यापिटलले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता  शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागँु खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागँु खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद