Media Network

हिमालयन डिस्टिलरीको मुनाफामा झिनो सुधार


खबरस्टोरी संवाददाता

२९ श्रावण २०७९,आईतवार

काठमाडौं । गोल्डेन ओक र ब्ल्याक ओक उत्पादन गर्ने कम्पनी हिमालयन डिस्टिलरीको बिक्री बढे पनि नाफा भने सामान्य मात्र वृद्धि भएको छ ।

कम्पनीले आइतबार गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै मदिरा बिक्री १६.५३ प्रतिशतले बढेर ७ अर्ब ५८ करोड पुगेको जनाएको छ ।तर, नाफा भने १.३३ प्रतिशतले मात्र बढेको छ। कम्पनीले १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ नाफा गरेको हो। 

केही वर्षदेखि आकर्षक प्रतिफल दिँदै आएको कम्पनीको मूल्य आम्दानी अनुपात ८०.३७ गुणाबाट ४९.०७ गुणामा झरेको छ। प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँबाट १८७ रुपैयाँमा झरेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद