Media Network

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

२ पुष २०८०,सोमबार

काठमाडौँ।हिमालयन रि इन्स्योरेन्स लिमिटेडले बुधबारदेखि सर्वसाधारणमा आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार साँझ ५ः०८ बजेसम्म १४ लाख ६० हजार ११७ वटा आवेदनबाट २ करोड ८० लाख ६१ हजार ३६० कित्ता खरिदका लागि ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले मंसिर २७ गतेदेखि २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद