Media Network

हिमालयन र सिभिल बैंकको फागुन १२ बाट एकीकृत कारोबार सुरु हुने


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेदेखि एकीकृत कारोबारको तयारी थालिएको छ ।

हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार हुनेछ । दुवै बैंकले एकीकृत कारोबार निम्ति सिस्टम अपग्रेड गर्नका लागि २ दिन बैंकिङ्ग कारोबार बन्द हुने बताइएको छ  ।राष्ट्र बैंकले दुइटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिँदै एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मको डेडलाइन तोकेको छ ।

हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद