Media Network

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ बुधबार बाँडफाँड हुने


खबरस्टोरी संवाददाता

१० पुष २०८०,मंगलवार

काठमाडौँ।हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ। यो माग गरिए भन्दा १.२९ गुणा बढी हो।
कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ  ।
कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो।
हिमालयन रि नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो । 
Share:
Reaction :
ताजा समाचार
खेलकुद