Media Network

हुन्डाई आयोनिक ६ बन्यो सन् २०२३ को 'वर्ल्ड कार अफ द इयर'


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७९,बिहीबार

काठमाडौँ।हुन्डाईको विद्युतीय गाडी आयोनिक ६ ’वर्ल्ड कार अफ द इयर’ बनेको छ।

न्युयोर्क अन्तर्राष्ट्रिय अटो शोमा आयोनिक ६ लाई सन् २०२३ को वर्ल्ड कार अफ द इयर घोषित गरिएको भारतीय अटो अखबार अटोकार इन्डियाले जनाएको छ। 

यसबाहेक हुन्डाई आयोनिक ६ वर्ल्ड विद्युतीय भेहिकल र वर्ल्ड कार डिजाइन गरी थप दुई उपाधिबाट सम्मानित भएको छ। 

यसभन्दा अघि सन् २०२२ मा पनि हुन्डाईको आयोनिक ५ ले यिनै तीन अवार्ड पाएको थियो। 

यस वर्षको वर्ल्ड लक्जरी कार अवार्ड भने लुसिड एयरले पाएको छ। सन् २०२३ को वर्ल्ड पर्फर्मेन्स कार किया इभी६ जिटी र वर्ल्ड अर्बन कारको अवार्ड सिट्रोन सि३ले पाएको छ।

यी अवार्डहरूको छनौट संसारको ३२ राष्ट्रका एक सय जना अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलले गरेको हो।

अवार्डको लागि योग्न हुन कम्पनीले वार्षिक रूपमा कम्तीमा १० हजार गाडी उत्पादन गरेको हुनुपर्ने नियम उल्लेख गरिएको छ।

ती गाडीहरू चीन, युरोप, जापान, कोरिया, ल्याटिन अमेरिका र अमेरिकी बजारमा  बिक्रीको लागि उपलब्ध हुनुपर्ने समेत उल्लेख गरिएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद