Media Network

हुण्डाईको “ह्वील अफ चेन्ज” एक्सचेन्ज अफर योजना


खबरस्टोरी संवाददाता

१८ श्रावण २०८०,बिहीबार

काठमाडौँ।नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “ ह्वील अफ चेन्ज ” नामक एक्सचेञ्ज अफर योजना ग्राहकहरु माझ ल्याएको छ । श्रावण १८ बाट सुरु हुने यो योजना हुण्डाई नेपाल अन्तर्गतको Hyundai Promise  को सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो ।

 आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय इन्धनयुक्त वा विद्युतिय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

हुण्डाईले आफ्ना ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी “ ह्वील अफ चेन्ज ” योजना ल्याएको छ, जस अन्तर्गत काठमाण्डौ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरु संग सहकार्य गरेको छ । यो योजना नेपालभरीनै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिनेछ ।

अत्यधिक लाभ र विशेषता सहितको यो योजनाले ग्राहक महानुभावहरुलाई हुण्डाईको विभिन्न उपलब्ध मोडलहरुमा रु. ५,००,००० सम्मको नगद छुट, रु. १,५०,००० सम्मको एक्सचेञ्ज बोनस र रु.२५,००० सम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् । एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । योजना स्थलमै तुरुन्तै पुरानो गाडीको मूल्याँकन गरी छिटो छरितो माध्यमद्वारा यो एक्सचेञ्ज योजना सफल बनाउन हुण्डाई प्रतिबद्ध छ । 

यस एक्सचेञ्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाईका compact SUV, SUV, EV tyf hatchback  मध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु ४३ चार्जिङ्ग पोइन्टसहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद