Media Network

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आईपीओ निष्कासन गर्दै


खबरस्टोरी संवाददाता

२९ श्रावण २०७९,आईतवार

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेबाट आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ कम्पनी आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि निष्कासन गरेको हो । विक्री प्रबन्धकले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंक भोजपुर शाखाका तथा प्रभु बैंक हतुवागढीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदकले भदौ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज ५ गतेसम्म समय थप गरिने बताइएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा विक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्थाहरू तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद