Media Network

जहाज कोलकाता डाइभर्ट हुँदा निगमलाई कति घाटा लाग्छ ?


खबरस्टोरी संवाददाता

६ माघ २०७९,शुक्रबार

काठमाडौं । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । कम भिजिविलिटिकै कारण भन्दै नेपाल वायू सेवा निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको कोलकाता डाइभर्ट गरियो । निगमको जहाज ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सक्थ्यो । तर, मलेसियाबाट काठमाडौं आएको जहाजले उक्त भिजिविलिटीमा अवतरण गर्न नसक्ने बताएपछि भारतको कोलकाता डाइभर्ट गरिएको थियो ।

यद्यपी अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो तर निगमका चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्टको अनुमति मागेपछि विमान डाइभर्ट भएको थियो ।


विमान डाइभर्ट हुँदा निगमलाई कति घाटा ?

मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको निगमको सो जहाज कोलकाता डाइभर्ट हुँदा निगमलाई करिब २७ लाख रुपैयाँ बराबर नोक्सान भएको छ ।

कोलकाता जाँदा डेढ घण्टा र फर्कदा डेढ घण्टागरी ३ घण्टा जहाज उडाउँदा सञ्चालन खर्च २१ हजार डलरभन्दा बढी लाग्ने निगम स्रोत बताउँछ । स्रोतका  अनुसार १ घण्टामा सकिने आरएनपी–एआर एप्रोच प्रणालीको तालिम नहुँदा नोक्सानीमा गएको निगममाथि थप व्ययभार थपिएको छ ।

२१ हजार डलर खर्च हुँदा नेपाली २७ लाख २७ हजार व्ययभार निगममाथि थपिएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद