Media Network

१९ जीवन बीमा कम्पनीहरु जसको आम्दानी मात्रै १ खर्ब ३९ अर्ब, कसको कम्पनीको कति?


खबरस्टोरी संवाददाता

४ श्रावण २०७९,बुधबार

काठमाडौं । जीवन बीमा कम्पनीहरुले २०७८÷७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

१९ जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी १४.८७ प्रतिशतले विस्तार गरेका हुन्। अघिल्लो वर्ष बीमा शुल्क बापत कम्पनीहरूले १ खर्ब २१ अर्ब रुपैयाँ शुल्क आम्दानी गरेका थिए। 

गत आवमा सबैभन्दा बढी नेपाल लाइफले ३५ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको हो। दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १८ अर्ब २२ करोड रुपैयाँ बीचमा शुल्क उठाएको हो।

कसको कति ?

नेशनल लाइफ १४ अर्ब १३ करोड रुपैयाँ

राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड रुपैयाँ

युनियन लाइफले ८ अर्ब ९ करोड रुपैयाँ

एशियन लाइफले ७ अर्ब १७ करोड रुपैयाँ 

सिटिजन लाइफले ५ अर्ब ४० करोड रुपैयाँ 

मेट लाइफ ५ अर्ब २३ करोड रुपैयाँ 

सूर्या लाइफ ४ अर्ब ९९ करोड रुपैयाँ 

प्राइम लाइफ ४ अर्ब ८७ करोड रुपैयाँ 

रिलायबल नेपाल लाइफ ३ अर्ब ९४ करोड रुपैयाँ 

ज्योति लाइफ तीन अर्ब ८० करोड रुपैयाँ 

आइएमई लाइफ तीन अर्ब ५३ करोड रुपैयाँ 

सन नेपाल लाइफले तीन अर्ब ३६ करोड रुपैयाँ 

रिलायन्स लाइफ तीन अर्ब १२ करोड रुपैयाँ 

गुराँस लाइफ तीन अर्ब ८ करोड रुपैयाँ 

प्रभु लाइफ दुई अर्ब ३९ करोड रुपैयाँ 

सानिमा लाइफ २ अर्ब २९ करोड रुपैयाँ 

महालक्ष्मी लाइफको एक अर्ब ५९ करोड रुपैयाँ 


Share:
Reaction :
ताजा समाचार
खेलकुद