Media Network

ज्योति विकास बैंकले १४ औं वार्षिकोत्सव मनायो


खबरस्टोरी संवाददाता

९ श्रावण २०७९,सोमबार

काठमाडौं । ज्योति विकास बैंकले सोमबार स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ । बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो । 

कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव कुमार उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुवराज भट्टराईको पनि उपस्थिति रहेको थियो । 

१४ औं वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति भिडियो बैंकिङ पनि सार्वजनिक गरेको छ । यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने सेवा सहितको भिडियो केवाईसी सार्वजनिक गरेको हो । 

यस पश्चात् देश–विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन् । 

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । 

साथै बैंकले वार्षिक उत्सवका अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत कर्मचारीहरुलाई पनि सम्मान पनि गरेको छ । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए । 

‘मर्यादित महिनावारी’ परियोजनाहरुमा सम्झौता

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रर्वधन कोष” मार्फत राधा पौडेल फाउन्डेसनसँग “मर्यादित महिनावारी” सचेतनामा आधारित परियोजनाहरुमा सहकार्यका लागि सम्झौता गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत भट्ट तथा राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. पाँच लाख सहयोगको प्रतिबद्धता गरेको छ । 

कार्यक्रममा अध्यक्ष हरिचन्द्र खड्काले बैंकको १४ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णप्रति कृतज्ञता ब्यक्त गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे । 

बैंक वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५, डल्लुस्थित बैंकको ११९ औं शाखाको औपचारिक उद्घाटन पनि गरेको छ । डल्लु शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रव कुमार उप्रेती र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । 

डल्लु शाखा उद्घाटन् पश्चात् उपत्यका र उपत्यकाबाहिर गरि ज्योति विकास बैंकको ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम सेवा पुगेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद