Media Network

कुखुरापालक किसान दुई गुणाले बढे , १८ लाख पुगे कुखुरापालक किसान


खबरस्टोरी संवाददाता

२१ भाद्र २०८०,बिहीबार

काठमाडौं । नेपालमा उन्नत जातको कुखुरापालन फस्टाउन थालेको छ । केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजामा यस्तो विवरण सार्वजनिक भएको हो ।नयाँ विवरणअनुसार नेपालभर अहिले १७ लाख ९९ हजार कृषक परिवारले कुखुरा पाल्छन् । ती किसानको घरमा ४ करोड ५१ लाख १८ हजार गोटा कुखुरा छन् ।

कुल कुखुराको संख्या मध्ये ५५ प्रतिशत कुखुरा उन्नत जातको गिरिराज, लेयर्स र ब्रोइलर रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

२०६८ सालमा नेपालमा कुखुरा पालन गर्ने कृषकको संख्या १८ लाख ९ हजार मात्रै थियो । विगत १० वर्षमा कुखुरा पालन गर्ने सख्या थोरैले घटेपनि कुखुराको उत्पादन भने दुई गुणाले बढेको हो ।

नयाँ गणना २०७८ अनुसार बागमती प्रदेशमा सबै भन्दा धेरै कुखुरा पालन गरिन्छ । त्यसमा पनि काठमाडौं जिल्ला कुखुरापालनका लागि अग्रणी देखिएको छ ।

नयाँ तथ्यांकअनुसार नेपालमा हाँसको संख्या साढे ३ गुणाले बढेर १३ लाख २६ हजार पुगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद