Media Network

कुलमानविरुद्ध निजी क्षेत्रका ३ वटै संगठन एकजुट


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौँ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीमाथि ज्यादति गरेको भन्दै निजी क्षेत्रका ३ वटै संगठन एक ठाउँमा उभिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला उद्योगको बिजुली काट्न निर्देशन दिएसँगै प्राधिकरणले शुक्रबारबाट लाइन काट्न थालेपछि उद्योगी व्यवसायीहरु एक भएका हुन् ।
आफूहरुले उपभोग नै नगरेको बिजुलीको बिल तिर्नुपर्ने भन्दै प्राधिकरणले पटक पटक फर्जी बिल पठाएर आफूहरुलाई हैरानी दिएको भन्दै उद्योगी व्यवसायीका संगठनले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । यस सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले शनिबार आकस्मिक बैठक नै राखेर फर्जी बिल पठाउने, मिडियाबाजी गर्ने, उद्योगी व्यवसायीको बद्नाम गर्ने काम नगर्न चेतावनी नै दिइसकेको छ ।
अब आइतबार महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाले बिहीबार बक्यौता रकम नतिर्ने उद्योगको लाइन काट्न निर्देशन दिए लगत्तै शुक्रबार प्राधिकरणले अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल्स, रिलायन्स स्पिनिङ मिल्स र घोराही सिमेन्टको बिजुली काटेको थियो ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद