Media Network

कालिञ्चोक दर्शनको नाफा ११५ प्रतिशत बढ्यो


खबरस्टोरी संवाददाता

३१ श्रावण २०८०,बुधबार

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ११४ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १ करोड ४८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको आम्दानी करिब ३४ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ करोड ६७ लाख रूपैयाँभन्दा बढी रहेको आम्दानी गत वर्ष ७ करोड ५९ लाख रूपैयाँभन्दा बढी भएको हो । कुल खर्च अघिल्लो वर्षभन्दा करिब ३९ प्रतिशत बढी १ करोड ८६ लाख रूपैयाँभन्दा बढी भएको छ । 
हाल कम्पनीको चुक्तापूँजी ६० करोड रूपैयाँ रहेको छ भने जगेडा कोष रकम १ करोड ८० लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा १३ करोड ६३ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा ५ करोड ६० लाख रूपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रूपैयाँ ३२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रूपैयाँ ९९ पैसा छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद