सो कार्यक्रममा कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तन्य मार्फत नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आजको आवश्यकता रहेको यस घडीमा यो मर्जर निकै सुखद र सकारात्मक कदम रहेको र कुमारी बैंक लिमिटेडले यस मर्जरपछि विभिन्न तवरबाट सेवाग्राहीहरूका लागि नवीनतम बैंकिङ्ग उत्पादनहरू प्रस्तुत गर्नुका साथै आउँदा दिनहरूमा आकर्षक सुविधाहरू पनि ल्याउने विचार व्यक्त गरे ।
यस मर्जर पश्चात् चुक्तापुँजी २६ अर्ब २३ करोड रूपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यस पश्चात् कुमारी बैंक लिमिटेडले ४१५ वटा स्थानहरूबाट आफ्ना आधुनिकसुविधाहरू प्रदान गर्ने भएको छ –जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् ।