Media Network

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौँ।कुमारी बैंक लिमिटेडले ३ लाख ४० हजार १६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले सिर्जना पनेरु न्यौपानेको नाममा रहेको ३ लाख ३३ हजार ७०२ कित्ता, हरि बहादुर थापाको नाममा रहेको १ हजार ५० कित्ता र तर्क बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार ५६४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीले ३५ दिनभित्र क्यापिटल लिमिटेड लिमिटेड नक्साल नागपोखरीमा सम्पर्क गर्न सक्ने छन् ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद