Media Network

कुमारी बैंकले आइटी कम्पनीलाई बिना धितो एक करोड ऋण दिने


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

काठमाडौं । कुमारी बैंकले आइटी कम्पनीलाई बिना धितो एक करोड रुपैयाँसम्म ऋण दिने भएको छ । बैंकले बिशेष गरि आइटी क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रवर्द्धन गर्ने उदेश्यले बिना धितो एक करोड रुपैयाँसम्म चालू पुजि कर्जा दिने भएको हो ।

सो कर्जाको सुरक्षण भने निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ । कर्जा सुरक्षण सम्बन्धि समझदारी पत्रमा कुमारी बैंकका सिईओ रामचन्द्र खनाल र कोषका सिईओ रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

बैंकले आधार ब्याजदरमा अधिकतम ३ प्रतिशत प्रीमियममा ऋण दिनेछ ।

‘नेपालमा आइटी क्षेत्रमा निकै ठुलो सम्भावना छ, युवापुस्ताको ठुलो सङ्ख्या यसमा सहभागी छन् । उनीहरुलाई प्रोत्साहन गर्न बिनाधितो कर्जा दिने योजना ल्याएका हौ’ बैंकका सिईओ खनालले भने ।

कुमारी बैंकले देशभर रहेका ३०९ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३१४ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ्ग प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद